रवि लामिछाने भोलि मात्रै छुट्ने

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा छाड्ने आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि (शुक्रबार) मात्रै छुट्ने भएका छन् । लामिछाने आफैं उच्च अदालतमा उपस्थित भएर कागजी प्रक्रिया पूरा गरेपछि मात्रै उनी जेल मुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालती प्रक्रियामा रवि आफैं उपस्थित भएर पत्र बुझेपछि मात्रै आदेशअनुसार आरोपी छुट्ने प्रक्रिया शुरू हुन्छ ।  उनले लोकान्तरसँग भने, &lsqu...