जाडो बढ्दै गएपछि गोरखाको हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यस वर्ष पनि जाडो छल्न धमाधम सहर झर्न थालेका हुन् । “अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्”, चुमनुब्री–७ छेकम्पारको पासाङफुञ्जो लामाले भने, “अहिले हरेक घरमा एक जनामात्र होलान् ।” गाउँ कुर्न बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उनको भनाइ छ । गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उनले बताए...