नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्ले नीति, विचार र सिद्धान्तबिनाको पार्टीको कुनै औचित्य नहुने बताएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–२ को आज दमौलीमा आयोजित प्रथम वडा अधिवेशनका अवसरमा उनले सो कुरा बताएका हुन् । पार्टीको पहिलो बिम भनेको नीति, विचार र सिद्धान्त रहेको उल्लेख गर्दै डा वाग्लेले विचार बलियो भयो भने प्रतिकूल अवस्थामा पनि पार्टी जीवित रहनसक्ने बताए ।  नीति, विचार र सिद्धान्तबिनाको पार्टी क्षणिक भीडतन्त्र हुनसक्ला तर दिगो रुपमा चल्न नसक्ने उनको भनाइ ...