संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका विभिन्न स्थानमा रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूको सूचीकरण प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै यस्ता सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाहरूलाई सूचीकरणका लागि आवेदन दिन आह्वान गरेको हो। 'अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२' मा तोकिएको ढाँचा बमोजिम इच्छुक पक्षले चालु आर्थिक वर्षका लागि आगामी चैत १५ गतेभित्र आवेदन पेश गरिसक्नुपर्ने मन्त्रालयले जनाएको छ। यस प्रक्रियाका लागि आव...