पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा केन्द्रित थियो। कार्यक्रमका अवसरमा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले गण्डकी प्रदेश, विशेषगरी पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतसँग बढ्दो पर्यटन सहकार्यको स्वागत गरेका थिए। ...