काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा आज सेमिफाइनल खेलहरू हुँदैछन् । दुवै खेल बिहान पौने ११ बजे संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुनेछन् । एक खेल भारत र श्रीलङ्काबीच दुबईको एकेडेमी मैदानमा हुनेछ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको भारत उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । श्रीलङ्का पनि फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ खेल्दैछ । त्यसैगरी अर्को सेमिफाइनल खेल आजै बङ्गलादेश र पाकिस्तानबीच हुनेछ । यो खेल पनि संयुक्त अरब इमिरेट्स (यूएई) मा बिहान पौने ११ बजे नै शुरू हुनेछ । सेमिफाइनल खेलका...