युवा आन्दोलनका नेताको मृत्यु भएपछि बंगलादेशमा हिंसा भड्कियो

पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्यु भएपछि बंगलादेशमा हिंसा भड्किएको छ । शरीफ उस्मान हादीलाई गत साता ढाकामा एक मस्जिदबाट बाहिर निस्कँदै गर्दा मुखौटा लगाएका आक्रमणकारीहरूले गोली हानेका थिए । गम्भीर घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उक्त गोलीकाण्ड बंगलादेशी अधिकारीहरूले सन् २०२४ को जनआन्दोलनपछि पहिलो निर्वाचनको मिति घोषणा गरेको एक दिनपछि भएको थियो । हादी सो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । हादी...