राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्य बन्नका लागि आवेदन दिएका सातै प्रदेशका प्रारम्भिक उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आवेदन दिने सबैलाई धन्यवाद दिँदै उम्मेदवार छनोट समितिले पहिलो चरणको प्रारम्भिक नामावली प्रकाशन गरिएको जनाएको हो। सूचीमा नाम समावेश नभएका वा कुनै विवरणमा त्रुटि देखिएका इच्छुकले सम्बन्धित कार्यवाहक प्रदेश सभापतिसँग सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ। रास्वपाको मङ्सिर २५ गते बसेको पार्टी सचिवालय...