६६ वर्षीय एमाले नेता अधिकारीले लिए राजनीतिबाट सन्न्यास

नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन् । एमालेमा केपी शर्मा ओली तेस्रो कार्यकालमा निर्वाचित भएको भोलिपल्ट ६६ वर्षीय अधिकारीले राजनीतिबाट सन्यास लिएका हुन् । तर, नेतृत्वप्रति गुनासो गरेर होइन, आभार र धन्यवाद व्यक्त गर्दै खुसीसाथ आफूले राजनीतिबाट बिदा लिएको अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफ्नो राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको स्मरण गरेका छन् ।  ‘पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेँ । जति दिन काम गरेँ पूरा मनले गर...