कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती : उद्योगमन्त्री सिन्हा

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले आज काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले वर्षको बजेटमा विभिन्न शीर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र पनि कमजोर बनाएको बताउनुभयो । सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन नै अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय भएको उहाँकाे भनाइ छ । उद्याेगमन्त्र...