असन्तुष्टि भए नेतृत्वसँग राख्नुस्, पार्टीमा आर्मीले मार्च पास गरेजस्तो एकता प्रकट होस्– ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकताका लागि आर्मीले मार्च पास गरेजस्तो ताल सुरमा हिँड्नु पर्ने बताएका छन् । उनले पार्टीमा अनुशासनहीनता स्वीकार्य नहुने बताए । ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले असन्तुष्टि भए नेतृत्वसँग लिखित र मौखिक कुरा राख्न सकिने बताएका हुन् । ‘दोस्रो विधान महाधिवेशनबाट पारित भएका नीतिमा हामी एकश्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो, हातखुट्टा सँगसँगै ताल मिलाएर अगाडि बढ्ने छौं । ताल र सुरमा अगाडि ब...