४ पुस, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारे । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’