यो प्यानल, त्यो प्यानल भन्ने हिजै सिद्धियो, केन्द्रीय कमिटी एकढिक्का छ– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दा बनेको प्यानल महाधिवेशन सकिएसँगै सिद्धिएको बताएका छन् । नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का रहेको उनले बताए । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले चुनाव लड्दा बनेको प्यानल चुनाव सकिएसँगै सिद्धिएको बताएका हुन् । ‘हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला, परिणाम आएसँगै सिद्धियो । यो प्यानल र त्यो प्यानल होइन, देश हाँक्ने केन्द्रीय कमिटी हो । एकजुट छ, एकढिक्का छ,’ ओलीले भने, ‘यो पक्ष, उ पक्ष, ...