युरोपेली सङ्घ (ईयू) का नेताहरू युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन् । ईयू नेताहरूले यो सम्झौताले आउँदो दुई वर्षका लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका बीबीसीले जनाएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा भएको शिखर सम्मेलनमा भएको वार्तापछि यो निर्णय भएको हो । ईयू प्रमुख एन्टोनियो कोस्टाले युक्रेनका लागि ऋण युरोपेली सङ्घको साझा बजेटद्वारा ग्यारेन्टी गरिने सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ । यसअघि युरोपेली नेताहरूले युक्रेनसँगको युद्धका कारण फ्रिज गरिएका रुसी सम्पत्तिहरू प्रयोग गर्न...