काठमाण्डाै – एशियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एशिया कप छनोट तेस्रो चरण अन्तर्गत मलेशियासँगको खेलमा नेपाली खेलाडीहरू मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एन्फालाई जरिवाना गरेको हो । कमिटीको यही डिसेम्बर १५ मा बसेको बैठकको निर्णय अनुसार मलेशियासँगको खेलमा नेपाल पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिला गरी मैदानमा प्रवेश गरेको थियो । यस्तै यो खेलमा मलेशियाका खेलाडीहरू...