अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम स्थगित गर्‍याे

अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम स्थगित गरेको छ । गएको हप्ता ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको ज्यान गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्नुभएको बीबीसीले जनाएको छ । गोलीकाण्डमा संलग्न भएका व्यक्ति आठ वर्षअघि ‘डीभी लटरी’ कार्यक्रमबाटै अमेरिका प्रवेश गरेको खुलेको छ । बिहीवार मृत फेला परेका ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी सन् २०१७ मा डीभीमार्फत अमेरिका प्रवेश गरेका र केही वर्षपछि ग्रीन कार्ड पाएको अधिका...