नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाउँ फर्केर टोल सुरक्षा समिति बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । जेनजीको नाममा भएको डर धम्कीबाट तर्सिन नहुने उनको भनाइ थियो । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले गाउँ र शहरमा पनि टोल सुरक्षा समिति गठन गर्न आग्रह गरेका हुन् । ‘मैले पहिले पनि भनेको छु, कमरेडहरूले फर्किएर गाउँमा गएर हरेक टोल सुरक्षा समिति निर्माण बनाउनुस्, पहिलो काम हो । अत्यधिक सुरक्षा समिति बनाएर आफ्नो सुरक्षा गर्ने प्रबन्ध गर्नुस्,’ ओलीले...