सरकार र जेनजीबीचको सम्झौताविरुद्ध परेको रिटमा सक्कल फाइल झिकाउने आदेश

सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते भएको सम्झौताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले शुक्रबार सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताको सक्कल फाइल झिकाउने आदेश गरेको हो । सम्झौता गर्दा अपनाइएको प्रक्रिया, जेनजी प्रतिनिधिहरूको सहभागिता र सम्झौतामा हस्ताक्षरकर्ताहरूको वैधानिक, अधिकारिकता र सम्झौतालाई नेपाल राजपत्र भाग ५ मा प्रकाशन गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसहितको सक्कल फाइल झिकाउन आद...