राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने रूपन्देही जिल्ला अदालतमा शुक्रबार साँझ आफैं उपस्थित भएर कागजी प्रक्रिया पूरा गरेपछि थुनामुक्त भएका हुन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई बिहीवार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्धय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालतको साउन ...