राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गर्नुभएको हो । नेपाल विद्यालय खेलकुद महासङ्घको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घका मह...