८ खेलका १४ जना खेलाडीलाई नेपाल ओलम्पिक कमिटीको छात्रवृत्ति

काठमाण्डाै – आउँदो एशियन गेम्स र लस एन्जलस ओलम्पिकको तयारीका लागि आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज पत्रकार सम्मेलनको आयोजना गरि १४ जना खेलाडीलाई छात्रवृत्ति दिने जनाएको हो । एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका खेलाडीलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले लस एन्जलस ओलम्पिकका लागि आठ जना, आईची नागोया एशियन गेम्सका लागि पाँच जना र युथ गेम्सका लागि उसुकी रश्मी घिसिङलाई छात्रवृत्ति प्रदान गरेको छ । एनओसीले छ...