नेकपा एमालेको ११ औं महाधिवेशनबाट लोकप्रिय मतसहित सचिव पदमा मधेश बस्नेत विजयी भए । ९ जना सचिवमध्ये बस्नेतले सर्वाधिक अर्थात् १५ सय ४४ मत प्राप्त गरे । बस्नेतले सचिवमा सर्वाधिक मत पाउनु पछाडिको कारण थियो, संकटमा पार्टी जोगाएको प्रतिनिधिहरूको बुझाइ र मनोविज्ञान । त्यो मनोविज्ञान तल्लो तहका कार्यकर्तादेखि महाधिवेशन प्रतिनिधि र शीर्ष नेतृत्वसम्मै परेको हो । भक्तपुरको गुण्डुमा भेट्न जाने नेता कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले भन्ने गरेका थिए– ‘त्यही एउटा महेश ज्यूँदो रहेछ, जसले यस्तो संकटको समयमा पनि पा...