झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित बुद्ध टोलबाट ठूलो परिमाणमा हातहतियार तथा गोली बरामद भएको छ । आज स्थानीयले रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर खानतलासी गरेको थियो । सो क्रममा खिया लागेको अवस्थामा तीन थान इन्सास राइफल र विभिन्न प्रकारका १६० थानभन्दा बढी गोली बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीको अभिलेख...