राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले न्यायको लडाइ बाँकी रहेको बताएका छन् । रूपन्देहीबाट कागजी प्रक्रिया पूरा गरेर थुनामुक्त भएपछि शुक्रबार साँझ भैरहवामा छोटो सम्बोधन गर्दै उनले धेरै कुरा बोल्न बाँकी रहेको बताए । 'धेरै कुरा बाँकी छ, धेरै कुरा भन्न छ । देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन । त्यसको हिसाब मिलाउन बाँकी छ । हिसाब मिलाएपछि लामो बोलौंला,’ उनले भने । देशको न्यायका लागि लड्न बाँकी रहेको उनले बताए । ‘मैले अझै लड्न बाँकी छ, मेर...