सिरहाको गोलबजार नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ बस्ने ३३ वर्षीय देवराज वली र सोही नगरपालिका–६ बस्ने ३१ वर्षीय सुशील अधिकारी रहेका छन् । प्रहरीले वलीलाई उनकै घरमा लुकाइ छिपाइ राखेको अवस्थामा नौ ग्राम ९९० मिलिग्राम खैरो हेरोइनसहित ...