‘उत्तरगया धाममा १५ हजार बढीले पिण्ड तर्पण गरे’

दिवङ्गत पितृहरूको सम्झना गर्दै १५ हजारभन्दा बढी भक्तजनले आज बेत्रावतीस्थित उत्तरगया धाममा पिण्ड तर्पण गरेका छन् । हरेक वर्षको पुसे औँसीका दिन आफ्ना पितृहरूलाई स्मरण गर्दै पिण्ड तर्पण गर्न हजारौँ भक्तजन उत्तरगया धाम आउने गर्दछन् । पिण्ड तर्पण एवं श्रद्धाको लागि नजिकका रसुवा, नुवाकोट, धादिङसहित काठमाडौँ, भक्तपुर, ललितपुर, काप्रेपलाञ्चोक, मकवानपुर, बारा, गोर्खा, तनहुँ, लमजुङ, कास्की, पाल्पालगायतका जिल्लाबाट उल्लेखनीय सङ्ख्यामा भक्तजन यहाँ आउने गरेको स्थानीय शिक्षक गणेश श्रेष्ठले जानकारी दिए ।  जिल्ला समन्वय समिति रसुवाका प्रमुख...