मधेशका मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत प्राप्त

काठमाण्डौ – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउनुभएको छ । हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले उहाँलाई विश्वासको मत दिएका हुन् । उहाँको पक्षमा प्रदेशसभाको पूरै ९२ मत खसेको थियो । उहाँलाई सत्तापक्षका सबै दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले समेत विश्वासको मत दिएका हुन् । ६ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।