सरकार गठनको सय दिन पूरा, चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको छ : प्रधानमन्त्री कार्की

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ । सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको बताउनुुभएको छ । यहाँ नवयुवाहरुलाई आफ्नो आक्रोश र सपना चुनावमा मतपत्रमार्फत व्यक्त गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको एक सय दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । नवयुवा आन्दोलनपछि गएको भदौ २७ गते बनेको नयाँ सरकारको एक सय दिन पुगेको अवसरमा...