नेपालले कण्ठरोग (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । आयोडिनयुक्त नुनको सर्वसुलभ आपूर्तिका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्ला वर्षहरूमा शून्यमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ । विगतमा आयोडिनको कमीका कारण ठूलो जनसङ्ख्या गलगाँडबाट पीडित हुने गरेकोमा सरकारले सञ्चालन गरेको कण्ठरोग निवारण कार्यक्रम प्रभावकारी बनेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शतप्रतिशत पुगेपछि आयोडिन अभावजन्य रोग नियन्त्रणमा आएको छ । ...