दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला भारतलाई

काठमाण्डौ – दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला भारतले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराउँदै शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको हो । भारतले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर २ सय १ रन मात्रै बनाउन सक्यो । त्यसअघि अहमदावादमा टस जितेर ब्याटिङ गरेको भारतले ५ विकेट गुमाउँदै २ सय ३१ रन बनाएको थियो । पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिक...