जाजरकोटकी सुमी ‘द स्पिकिङ टाइटन’को उत्कृष्ट १० मा

जाजरकोटी सुमी खड्का राष्ट्रियस्तरको चर्चित भाषणकला सम्बन्धीको रियालिटी शो ‘द स्पिकिङ टाइटन’को उत्कृष्ट १० मा चयन भएकी छन् ।  भेरी नगरपालिका-४ की खड्का ३००० भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट १० मा पुग्न सफल भएकी हुन् । दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ टाइटन’ रियालिटी शोको प्रशारण ओएसआर रियालिटी युट्युब च्यानल तथा एपी १ एचडी टेलिभिजनमार्फत् हरेक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ ।  कार्यक्रममा प्रमुख निर्णायक चर्चित सञ्चारकर्मी दिलभुषण पाठक, पूर्वमिस नेपाल म...