वासिङ्टन डीसी । अमेरिकी न्याय विभागले कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित हजारौँ पृष्ठका कागजात र तस्बिरहरू सार्वजनिक गरेको छ। यो सार्वजनिक विवरणसँगै अमेरिकामा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ। सार्वजनिक गरिएका फाइलहरूमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, बेलायती राजकुमार एन्ड्रयू र प्रख्यात गायकहरू माइकल ज्याक्सन तथा मिक ज्यागरका तस्बिरहरू देखिएका छन्। तस्बिरहरूमा बिल क्लिन्टन पौडी पोखरी र 'हट टब' मा देखिएका छन्। यद्यपि, क्लिन्टनले एप्स्टिनको अपराधबारे आफूलाई केही थाहा नभएको र कुनै गलत काम नग...