बुद्धदर्शन र गीता दर्शन दुवै पूर्वीयदर्शन अर्थात् पूर्वीय गोलार्धमा विकास भएका दर्शन हुन् । यिनीहरू समकालीन नभए पनि उनीहरूबीच धेरै कुरामा समानता पाउन सकिन्छ । बुद्धदर्शनको उत्पत्ति ईपू. छैटौं शताब्दीतिर नेपाली भूमिबाट भएको हो । गीतादर्शन सोभन्दा धेरै अघिको हो, जो महाभारतको युद्धभूमिबाट प्रकट भएको थियो । यस आलेखमा यी दुई दर्शनमा भेटिएका समानतालाई केलाउने प्रयास गरिएको छ । यद्यपि रूपमा यी दुई दर्शनबीच आकाश र जमिनजत्तिकै भिन्नता भेटिन्छ । बुद्धदर्शनलाई नास्तिकदर्शन भन्ने गरिएको छ, जसले ईश्वरीयसत्तालाई मान्दैन । ग...