राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले बङ्कलादेशका चर्चित युवा नेता शरीफ उस्मान हादीको निधनबारे तत्काल निष्पक्ष र पारदर्शी छानबिनको माग गर्नुभएको छ । इन्कलाब मञ्चका प्रवक्ता समेत रहेका हादीको निधनपछि बङ्गलादेशमा हिंसात्मक प्रदर्शन भइरहेको छ । गएको वर्ष ढाकामा गोली लागेर गम्भीर घाइते हादीको सिङ्गापुरमा अस्ति उपचारका क्रममा निधन भएको हो । हादीको निधनपछि राजधानी ढाकासहित विभिन्न शहरमा विरोध प्रदर्शनहरु चर्किएको छ । प्रदर्शनकारीहरूले शाहबाग चोक अवरुद्ध गरेका छन् भने प्रोथोम आलो र डेली स्टार जस्ता प्रमुख सञ्चारमाध्यमका कार्यालय...