सिरियास्थित आईएसको अखडामा अमेरिकाको हमला

अमेरिकाले सिरियामा सक्रिय चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) विरुद्ध सैन्य हमला गरेको छ। सिरियामा तैनाथ अमेरिकी बलमाथि भएको घातक आक्रमणको जवाफमा यो कारबाही गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।  अमेरिकी रक्षामन्त्री पिट हेगसेथले 'अपरेशन हकआई स्ट्राइक' नाम दिइएको यो सैन्य अभियानको मुख्य उद्देश्य आईएसका लडाकुहरू, उनीहरूको सैन्य संरचना र हतियारका ठेगानाहरूलाई नष्ट गर्नु रहेको जानकारी दिए ।  सीबीएस न्यूजका अनुसार यस कारबाहीमा लडाकु विमान, अट्याक हेलिकप्टर र तोपखानाको प्रयोग गरिएको छ। मध्य सिरिय...