प्याब्सनका पूर्वअध्यक्ष पुरीले छाडे एमाले

नेकपा (एमाले) कोशी प्रदेशका सल्लाहकार समितिका सदस्य तथा प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले एमाले परित्याग गरेका छन् । उनले एमालेसँगको झण्डै पाँच दशक लामो यात्रालाई विश्राम दिएका हुन् । लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय पुरीले व्यवहारिक र पारिवारिक कारण देखाउँदै पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यताबाट समेत राजीनामा दिएका हुन् । विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा अब उप्रान्त आफू पार्टीको कुनै पनि तह र भूमिकामा नरहने स्पष्ट पारेका छन् । उन...