लुम्बिनीबाट एमाले केन्द्रमा ११ जनाको डेब्यू, महिलाको वर्चस्व

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको महाधिवेशनमा लुम्बिनीबाट युवा र महिलाले बलियो उपस्थिति जनाएका छन ।  बिहीबार काठमाडौंमा सम्पन्न एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट केन्द्रीय सदस्यमा डेब्यू गर्ने अधिकांश महिला छन । त्यस्तै, लुम्बिनीबाट एमाले पदाधिकारीमा उपाध्यक्षद्वय, विष्णु पौडेल र गोकर्ण विष्ट, महासचिवमा शंकर पोखरेल र सचिवमा छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । नयाँ केन्द्रीय सदस्यमा रुपन्देहीका युवा नेता गोपाल राना निर्वाचित भएका छन् । युवा पर्यटन व्यवसायी समेत रहेका उनी यसअघि लुम्बिनी प्रदेश कमिट...