५ पुस, काठमाडौं । ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् । लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको तटरक्षक प्रवक्ताले बतएका छन् । उक्त डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, […]