रास्वपाको समानुपातिक सूचीमा राज्यलक्ष्मी गोल्छाको अर्थपूर्ण ‘इन्ट्री’

नयाँ र वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका लागि सार्वजनिक गरेको प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा समावेश पात्रले राजनीतिक वृत्तमा नयाँ बहस छेडेका छन् ।  सार्वजनिक ६० जनाको सूचीमा विराटनगरको प्रतिष्ठित उद्योगी घरानाकी सदस्य तथा संविधानसभा सदस्य राज्यलक्ष्मी गोल्छादेखि इलाम–२ को उपनिर्वाचनमा पराजित मिलन लिम्बूसम्मको नाम समावेश छ । मधेशी कोटातर्फ उम्मेदवार बनाइएकी राज्यलक्ष्मीको पुनरागमनलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्  । दोस्रो संविधानसभा...