भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्दै नेकपा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी आज शनिबार भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा ‘एकता सन्देश सभा’ गर्न लागिएको हो । सभा बिहान ११ बजेदेखि शुरू हुने भनिएको  छ । बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने नेकपाको तयारी छ । पार्टी निकट जनवर्गीय संगठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी...