सशर्त रिहा भएपछि रवि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज (शनिबार) चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् । उनी चितवनको भरतपुर महानगरापालिकामा पर्ने चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई विशेषका साथै छोटो सम्बोधन गर्ने […]