प्रदीप ‘ब्याक’ हुँदा गोकर्णको दुई ‘स्टेप’ फड्को

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टीभित्रको केपी शर्मा ओली र ईश्वर पोखरेल टिमबीच चुनावी प्रतिस्पर्धा निकै रोचक रह्यो ।  पार्टी कमिटीमा अध्यक्ष ओलीको वर्चस्व रहँदा प्रभावशाली दुई पद; उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए । यी दुई नेता पोखरेल समूहबाट चुनावी मैदानमा उत्रिएका थिए । विष्ट गुल्मीका हुन् भने भट्टराई ताप्लेजुङका । संयोग के छ भने गुल्मीकै अर्का नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष इन्कार गरेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए । उनै विष्ट र ज्ञवाली सहयात्रीको रूपमा राजनीतिमा...