आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा आक्रमण

आफ्ना दुई सैनिक र एक नागरिक मारिएको घटनापछि अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईस) लक्षित व्यापक हवाई तथा जमिनबाट आक्रमण गरेको छ । अमेरिकी रक्षा अधिकारीहरूका अनुसार हिजो साँझ शुरु भएको कारबाहीमा ७० भन्दा धेरै ठाउँमा १०० भन्दा धेरै सटीक हतियार प्रयोग गरिएको अल जजिराले जनाएको छ । एक हप्ताअघि सिरियाको पाल्माइरा शहरमा एक सैन्य अड्डामा भएको आक्रमणमा आयोवा नेसनल गार्डका दुई सैनिक र एक नागरिकको ज्यान गएको थियो । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिकार गर्ने चेतावनी दिएका दिनुभएको थियो । यद्यपि, ...