तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।   कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्य तीव्र बनाइएको छ ।  केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । त्यसैगरी, जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका जिल्ला गोरख...