अपराजित रहँदै फाइनलमा पुगेका नेपालको एपीएफ र भारतको इस्ट बंगाल उपाधिका लागि भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र भारतको इस्ट बंगाल फुटबल क्लबबीच भिडन्त हुँदैछ । एपीएफ क्लब र इस्ट बंगालबीचको खेल नेपाली समय अनुसार, साँझ ५ बजे त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा शुरू हुनेछ । साफ महिला क्लब च्याम्पियनसिपको यो पहिलो संस्करण हो । यी दुवै टोली समूहगत चरणको खेलमा अब्बल प्रदर्शन गर्दै फाइनलमा पुगेका हुन् । पाँच टोलीको सहभागिता रहेको प्रतियोगितामा इस्ट बंगाल तालिकाको पहिलो स्थानमा रहेर फाइनलमा पुगेको हो । इस्ट बंगालले...