तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षीय ओम बाबुप्रसाद यादव रहेका छन् । प्रहरीले सवारीसाधान रोकी जाँच गर्ने क्रममा शुक्रबार बिहान ३:१० बजेको समयमा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो । बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा जाँचका क्रममा भेटिएको तनहुँका प्रहरी प्रमुख, एसपी टेकबहादुर कार्कीले जानकारी दिए ...