राहुघाट जलविद्युत् आयोजनाको ९० प्रतिशत बढी भौतिक प्रगति पूरा

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको म्याग्दीको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना विद्युत्ई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च)मा परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णताः दिन लागिएको जानकारी दिनुभयो । भारतीय सिभ...