पुस तेस्रो साता बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार

बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो । 'प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ', बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, 'जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ, अहिलेका लागि अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिका कार्यालय नजिकैको मुख्यमन्त्री तथा ...