जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्याएको छ । जुन तीन दशकयताकै उच्च स्तर हो । यो वृद्धि जनवरीयताको पहिलो रहेको चिनीयाँ समाचारसंस्था सिन्हले जनाएको छ । प्रधानमन्त्री सानाइ ताकाइचीको प्रशासन अन्तर्गत पनि पहिलो हो । जो आक्रामक राजकोषीय नीति र मौद्रिक सहजताका पक्षधर हुन् । यो कदम केन्द्रीय बैंकको मौद्रिक सामान्यीकरणतर्फको पछिल्लो प्रयासको हिस्सा हो । जसअन्तर्गत बीओजेले सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति समाप्त...