बैतडीमा मिनि ट्रक र कार दुर्घटना, चार जना घाइते

बैतडीमा मिनि ट्रक र कार एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।    दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै शनिबार बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ वर्षीय केशवराज जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय...